Breaking News :

आउँदो बैशाख १२ गते सार्वजनिक बिदा

आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने भएको छ ।

२०७२ वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको हो । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ ।

यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री विरुद्ध युवाहरुको नारा बाजी

Read Next

खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *