Breaking News :

प्रधानमन्त्री विरुद्ध युवाहरुको नारा बाजी

बिराटनगरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको आधारमा नागरिकता दिन बन्द गरेपछि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको हो।महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् ।

हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । तर, सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ ।

merokhabarsathi

Read Previous

रानि सुब्बाको तिम्रो मायाले सार्वजनीक (भिडियो सहित)

Read Next

आउँदो बैशाख १२ गते सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *