आमसंचार तथा पत्रकारिता बिषयका विद्यार्थीहरु मिडिया अवलोकन तथा अनुसन्धानका लागि आज दोस्रो दिन पोखरा आईपुगेका छन्। आमसंचार तथा पत्रकारिता विषयको प्राध्यापक मदुसुदन दवाडीको नेत्रित्वमा होजो क्याम्पस बाट हिडेका विद्यार्थीहरु पालुंगटार आज पोखरा आइपुगेका हुन्।
सप्तगण्डकी बहुमुखी क्याम्पस चितवन अन्तर्गत पत्रकारिता विषयमा अध्यनरत विद्यार्थीहरु पत्रकारिता विषय अन्तर्गत रहेर गाउँ-गाउँमा मिडियाको प्रभाव बारे अनुसन्धान गरेपछि आज रेडियो नेपाल, संसद भवन लगाएत गण्डकी प्रदेशका धार्मिक तथा ऐतिहासिक अनुसन्धान गरिरहेका छन्।
कोरा किताबी ज्ञान भन्दा प्रतक्ष्य अवलोकन बाट केहि सिक्न सकिने भएकाले प्रतक्ष्य अवलोकनको लागि गोरखा, पोखरा आएको विध्यर्थिहरुले बताए। जीवनको अविस्मरणीय क्षण मध्यमा विद्यार्थी जीवन पनि एक महत्वपूर्ण रहेकोले प्रतक्ष्य अवलोकन सहितको यो भ्रमण निकै रमाइलो भएको विध्यर्थिहरु बताउछन।
पालुंगटारमा मिडियाको प्रभाव के-कस्तो छ भनेर बुझेपछी विध्यर्थिहरुलाई पोखराको केहि महत्वपूर्ण स्थान घुमाउन पोखरा ल्याएको र अब स्यांग्जा, पाल्पा हुदै भ्याएसम्म २५ गते कलेज फर्काउने प्राध्यापक दवाडीले बताउनुभयो।