अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
आमसंचार तथा पत्रकारिता बिषयका विद्यार्थीहरु मिडिया अनुसन्धानका लागि गोरखा आईपुगेका छन्।
सप्तगण्डकी बहुमुखी क्याम्पस चितवन अन्तर्गत पत्रकारिता विषयमा अध्यनरत विद्यार्थीहरु प्रयोगात्मक विषयका लागि गोरखा आइपुगेका हुन्। पत्रकारिता विषय अन्तर्गत रहेर गाउँ-गाउँमा मिडियाको प्रभाव बारे बुझ्न पालुंगटारमा आज विध्यर्थिहरुले मिडियाको विषयमा अनुसन्धान गरिरहेका छन्। पत्रकारिता विषयको प्राध्यापक मदुसुदन दवाडीको नेत्रित्वमा विद्यार्थीहरु पालुंगटार आइपुगेका हुन्।
सैदान्तिक ज्ञान भन्दा विद्यार्थीलाई प्रयोगात्मक ज्ञानमा केहि सिकाउन सके चिरकाल सम्म रहने बताउदै प्राध्यापक दवाडीले विध्यर्थिहरुलाई गोरखा सम्म ल्याएको बताउनुभएको छ। पालुंगटारमा मिडियाको प्रभाव के-कस्तो छ भनेर बुझेपछी विध्यर्थिहरुलाई रेडियो नेपाल, गण्डकी प्रदेश संसद भवन लगाएत विभिन्न मिडिया हाउस घुमाउदै बिद्यार्थीहरुलाई कलेज फर्काउने प्राध्यापक दवाडीले बताउनुभयो।