Breaking News :

चितवनमा एउटै परिवारका तीन जनाले एकैपटक आत्महत्या

चितवनमा एउटै परिवारका तीन जनाले एकैपटक आत्महत्या गरेका छन् ।

भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बसोबास गर्दै आईरहेका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार घर भित्र एकै स्थानमा तीन वटा सलको पासोमा अन्दाजी ३३/३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक झुण्डिएर आत्महत्या गरेका हुन् ।  एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले जानकारी दिए ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

merokhabarsathi

Read Previous

चितवन कसरामा विक्रमबाबा मेला शुरु ,वैशाख ६ गतेसम्म मेला लाग्ने

Read Next

मिडिया अनुसन्धानका लागि विद्यार्थीहरु गोरखामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *