नारायण पोखरेल प्रतिष्ठानले ऐतिहासिक गीताज्ञान महानुष्ठान गर्ने भएको छ।
“घर घर बाट उठौ बस्ति बस्तीबाट जुटौ यो महाअभियानमा कोहि पनि नछुटौ” भने नाराका साथ काठमान्डौ नागार्जुन-४ सितापाइला चोकमा आयोजना हुन लागेको गीताज्ञान २३ गते देखि ३० गते सम्म हुने गीता ज्ञान महानुष्ठान मूल समारोह समितिले जनाएको छ। वाचन पण्डित दीनबन्दु पोखरेल तथा समस्त भक्त्तजनको सहभागितामा नारायण आध्यात्मिक केन्द्रको निर्माणाधीन कार्य पुरा गर्न र जन जनमा गीताको तार्किक व्यावहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सबैमा आध्यात्मिक भाव जगाउन सकारात्मक सोचको उजागर गर्न सो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।
ऐतिहासिक बद्री नारायण धाम सहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरि नेपाललाई अध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशीने अरबौको स्वदेशी धन राशिलाई स्वदेशमा परिचालन तथा प्रयोग गर्ने निर्माणाधीन बद्रिनारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्रको बाकी काम निर्माण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।
कार्यक्रममा दैनिक वेदपाठ पारायण, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, तुलादान, भूमिदान, व्रतबन्ध विवाह, चौरासी पुजा, ग्रहशान्ति, लक्ष्यदीप प्रज्वलन, हवन साथै १००८शालिग्राम पुजा तथा परिक्रमा हुनेछ।