चितवनको खैरहनीमा बसको ठक्करबाट एकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले खैरहनी–९ स्थित नमुना पेट्रोल पम्प नजिक पूर्वपश्चिम राजमार्गमा हिजो बुधबार बेलुका एक पुरुषलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट मृत्यु भएका अन्दाजी ७० वर्षको वृद्धको शव भरतपुर अस्पतालमा राखिएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।