Breaking News :

माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैते दशैंको अवसरमा मेला लाग्ने

माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैते दशैंको अवसरमा मेला लाग्ने भएको छ।  चैत्र २८ गते देखि सो क्षेत्रमा चैतेदशैं मेला लाग्ने भएको हो।

मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति गठन भएको छ । वडाध्यक्षहरु कृष्ण पौडेल र ईश्वरी ढकालको अध्यक्षतामा गठित गोद्धक मेला मूल आयोजक समितिको सचिवमा विश्वनाथ महतो र कोषाध्यक्षमा गीता परियार रहेका छन् भने सदस्यहरुमा दुबै वडाका सदस्यहरु हिमादेवी पौडेल, अमित लामा, गीता परियार, शिव बहादुर कार्की, रीता सुनार, इन्दिरा परियार, विश्वनाथ महतो र दण्डपाणी पौडेल रहेका छन् ।

मेला व्यवस्थापनका लागि अमित लामाको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, शिव बहादुर कार्कीको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति र ईश्वरी ढकालको संयोजकत्वमा आर्थिक आर्थिक उपसमिति गठन भएको छ । माडी नगर पर्यटन विकास समितिका संयोजक पुरन महतोको विशेष उपस्थितिमा पुजा व्यवस्थापन समिति गठन भएको हो।

गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा हरेक बर्ष रामनवमीको अवसरमा मेला लाग्ने गरेको छ ।

merokhabarsathi

Read Previous

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई ‘टिफिन बक्स’

Read Next

बसको ठक्करबाट एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *