Breaking News :

मिस्टर नेपाल वल्र्ड विकल्पको प्रोटिन हाउस संचालनमा

चितवन निवासी मिस्टर नेपाल वल्र्ड २०१८ विकल्पराज श्रेष्ठले प्रोटिन हाउस संचालनमा ल्याएका छन् । भरतपुर महानगरपालिका–१० स्थित दीपेन्द्र चोकमा युरोपियन नम्बर वान ब्राण्ड ‘स्केच पोषण’को आधिकारिक विक्रेताको रुपमा प्रोटिन हाउस चितवन संचालनमा ल्याएका हुन् ।

पसलको समुद्घाटन संचालक मिस्टर नेपाल वल्र्ड २०१८ विकल्पराज श्रेष्ठले बुबा राजकुमार श्रेष्ठ र माता पार्वती श्रेष्ठको हातबाट रिवन काटेर गरेका हुन् । सबै खालका प्रोटिनयुक्त खाद्य पदार्थहरु एकैठाउँमा पाईने गरि पसल संचालनमा ल्याइएको श्रेष्ठले बताए ।

मिस्टर नेपाल वल्र्ड २०१८ को उपाधि जितेसंगै श्रेष्ठले व्यवसायमा समेत हात फैलाएका छन् । युवाहरुमा सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफू ग्लामर फिल्डसंगै व्यवसायलाई अघि बढाएको श्रेष्ठले बताए ।

merokhabarsathi

Read Previous

सहकारी दिवसको अवसरमा चितवनमा प्रभातफेरी

Read Next

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई ‘टिफिन बक्स’

Leave a Reply

Your email address will not be published. Required fields are marked *