अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चैत २०, चितवन।
६२ औँ सहकारी दिवसको अवसरमा आज चितवनमा विभिन्न सहकारी सस्थाहरुको आयोजनामा प्रभातफेरी निकालिएको छ ।जिल्ला सहकारी संघ लिमिटेट भरतपुरको आयोजनामा चौबिसकोठीबाट सुरु भएको र्यालीले भरतपुरका विभिन्न स्थानहरु परिक्रमा गरेको थियो ।
र्यालीमा सयौको संख्यामा सहकारीमा आबद्द व्यक्तिहरुको सहभागिता रहेको थियो । यस वर्षको शहकारी दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ रहेको छ नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष पूरा भएको छ । पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो ।
नेपालमा बचत तथा ऋण लगानी गर्ने संस्थाको सङ्ख्या १३ हजार ५७८ छ ।अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् ।रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भनदै सरकारले सहकारी ऐन ल्याउन लागेको छ ।
ऐन अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ को योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भन्दै सरकारले सहकारी ऐन ल्याउन लागेको छ । ऐन अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।