जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ।
दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने माहाशाखाले जानकारी दिएको छ।
‘साँझपख काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो भूभागमा आंशिक बदलि हुने सम्भावना रहेको ,’ मौसमविद्हरुले ‘प्रिमनसुनको समय भएकाले मेघ गर्जनका साथ हावाहुरि र क्षणिक वर्षा हुनु समान्य प्रक्रिया रहेको बताएका छन्।’
महाशाखाले आज बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ।