मध्यराती दुईजनाका साथबाट बोरामा राखेको शव बरामद

चितवनमा प्रहरीले मंगलबार बिहान १ बजे शंकास्पद अवस्थामा हिँडि रहेका दुईजनाका साथबाट बोरामा राखेको शव बरामद गरेको छ।

वडा प्रहरी कार्यालय नारायणगढबाट असईको कमाण्डमा खटिएको टोलीले मोवाईल गस्ती गर्ने क्रममा भरतपुर महानगरपालिका गणेश चोकस्थित मुख्य सडकबाट शव बरामद गरेको हो। शव उनीहरूका सहोदर बहिनीको रहेको खुलासा भएकोछ।

प्रहरीले साईकलमा राखेर बोरा ल्याइरहेको देखेपछि शंका लागेर चेकजाँच गर्दा जुटको बोराभित्र राखिएको अवस्थामा शव फेला पारेको हो।

मृतककै दिदी ४० वर्षीय सोभा देवी साह र २६ वर्षीय दाजु दिगन साहले दाहसंस्कारका लागि शव नारायणी लैजान लागेको बताएका छन्। शव भारत मोतिहारी घर भई भरतपुर क्षेत्रपुरमा डेरा गरी बस्ने १६ वर्षकी परीकुमारी देवी साहको रहेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

चितवन प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।  शव पोष्टमार्टका लागि सरकारी अस्पताल भरतपुर पठाइएको छ।

merokhabarsathi

Read Previous

मंगलबार र बुधबार पूर्वी क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना

Read Next

गर्मी मौसम सुरु भएसँगै जिल्लामा रगतको अभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *