मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी पूर्वी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै भोलि बुधबार देशको पूर्वी र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। सो दिन पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोही दिन राति पूर्वी र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।