Breaking News :

प्रधानमन्त्री ओलीले हावाहुरीबाट प्रभावित घाइतेहरुलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित बारा र पर्साका घाइतेहरुलाई आज भेट गरेका छन् ।

सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुगेका थिए ।

प्रधानमन्त्री ओलीले हावाहुरीबाट बढी प्रभावित बाराको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका छन् ।

merokhabarsathi

Read Previous

हावाहुरीबाट प्रभावित नागरिकका लागि रगतको अभाब हुन नदिन चितवनमा रक्तदान

Read Next

मंगलबार र बुधबार पूर्वी क्षेत्रमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *