गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो क्षति भएको छ । हावाहुरीबाट अहिले सम्म ३१ भन्दा बढीको ज्यान गईसकेको छ भने ५०० भन्दा धेरै घाइते भएका छन् ।
गएरातिको हवाहुरिमा परेर घाइते हुनेहरुको अहिले बिभिन्न अस्पातलमा उपचार भईरहेको छ । उपचारार्थ घाइते नागरिकका लागि रगतको अभाब हुन नदिन आज चितवनमा १ सय २ जनाले रक्तदान गरेका छन् । भरतपुरको चौविसकोठीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
चितवनका बिभिन्न सामाजिक क्लब तथा अभियान्ताहरुको आयोजनामा रक्तदान कार्यक्रम भएको हो।