Breaking News :

सांसद रावल द्वारा हवाहुरिमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त्त

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा(पार्वती) ले आइतबार साँझ बारा र पर्सामा आएको हावा हुरीका कारण ज्यान गुमाएकाहरु प्रति दुःख व्यक्त गरेका छन् ।

आज सोमबार फेसबुकमा स्टाटस राख्दै रावलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । रावलले सो खबरले आफुलाई एकदम दुखद् तुल्याएको बताउदै मृतक आत्माप्रति श्रद्धाञ्जली व्यक्त्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

घटनामा ३१ जनाको मृत्यु भएको र ५०० जना घाईते भएको भन्ने खबरले दुखी भएको रावलले बताएका छन् ।

 

 

merokhabarsathi

Read Previous

हावाहुरीका कारण बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो ५०० भन्दा बढी घाइते

Read Next

मृतकका परिवारलाई राहतस्वरुप प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *