Breaking News :

हावाहुरीका कारण बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो ५०० भन्दा बढी घाइते

हिजो आइतबार साँझ आएको वर्षासँगैको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ जना पुगेको छ ।भने ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन ।

दर्जनौं घाइते भएका छन् । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले बताएका छन् । बिरामीको चापले रगतको समेत अभाव भएको छ ।

पर्सामा अहिलेसम्म ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन् । पर्सामा पनि कैयौं घाइते भएका छन् ।हावाहुरी प्रभावितहरुको  उद्धारमा उद्धारकर्ताहरु जुटिरहेको छन् ।

हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।

 

 

merokhabarsathi

Read Previous

जिसस चितवनले सुविधा सम्पन्न उद्यान निर्माण गर्ने, एक करोड ५० लाख बजेट विनियोजन

Read Next

सांसद रावल द्वारा हवाहुरिमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *