चैत १७ चितवन।
माडीमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ। अन्य खेतीभन्दा माछापालनबाट कम मेहनतमा बढी आम्दानी हुने भएपछि किसानहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
माडीमा माछा उत्पादन राम्रो हुन थालेपछि हौसिएका किसानलाई आधुनिक तरिकाले व्यावसायिक माछापालन गर्न विभिन्न संघसस्थाहरुले सहयोग गर्न थालेका छन् ।माडी नपा.९ कृष्णनगरकि ४३ बर्षिय सावित्री रानाभाटले ६-७ बर्ष देखि व्यवसायीक माछापालन गर्दै आएकी छिन ।जंगली जनावरबाट पनि सुरक्षित हुने, आम्दानी पनि राम्रो हुने भएरै माछापालन गरेको बताउदै उनले उत्पादनमा वृद्धि गर्न माडीमा माछापालक किसानहरुलाई थप तालिम आवश्यक रहेको बताइन ।
‘माछाको पकेट क्षेत्रका रुपमा माडी परिचित छ’, उनले भनिन, ‘किसानलाई नयाँ प्रविधि, कम लागतमा बढी उत्पादन गर्नसक्ने बारेका प्रशिक्षणहरुको आवश्यकता छ ।’ यस्तै २०४२ सालबाट माछापालन सुरु गरेका माडी नपा.७ गोपालनगरका ४२ बर्षीय ओमप्रकाश पौडेलले डेढ हेक्टर क्षेत्रफलमा माछा उत्पादन गर्छन् । उनले वार्षिक ४० क्विन्टल बढी माछा उत्पादन गर्ने गरेका छन् जसबाट ८ लाख बार्षिक आम्दानी गरेका छन् ।पहिले माछा उत्पादनका लागि आवश्यक भुरा ल्याउन कठिन भएको बताउदै उनले अहिले सरकारी तवरबाट आफ्नै क्षेत्रमा माछाको भुरा उत्पादन हुने गरेको बताए ।
‘वास्तविक किसानलाई राहत तथा सम्मान गर्नुपर्छ’, उनले भने, जसले गर्दा माछापालक किसानहरुको संख्या बढ्छ।’उनका अनुसार अहिले माडी कै बजारमा दैनिक २ क्विन्टल माछा खपत हुन्छ।गुणस्तरहीन सस्तो माछा नेपाल भित्रने क्रमलाई रोक्नु पर्ने बताउदै उनले स्वदेशी उत्पादनलाई बजारको पहुँचमा पु¥याउन सबै लाग्नुपर्ने बताए ।