Breaking News :

पत्रकार महासंघ चितवन शाखा द्वारा चार जना पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले शाखाका पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । कार्यक्रममा शाखालाई महत्वपुर्ण योगदान दिनु भएका शाखाका ४ जना पूर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी र हरि प्रसाद पोखरेललाई सम्मान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको सम्मान कार्यक्रममा उनले पत्रकारहरुको ठुलो योगदान र सहयोगले देशमा ठुला ठुला परिर्वतन हुदै आएको बताए। उनले पत्रकारलाई राज्यको चौथो अंग र देशको तेस्रो आखा भनिने विश्वसनीयताका साथमा काम गर्न आग्रह गरे ।

सम्मान कार्यक्रममा भावुक हुदै पुर्व अध्यक्षहरुले आफनो कार्यकालमा गरेका संर्धषहरुलाई सम्झदै क्षमता वृद्धि तर्फ लाग्न सवैलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका नेता चिन्ता मणि पौडेल र केन्द्रीय सदस्य सिर्जना अर्यालले सम्मानित पुर्व अध्यक्षहरुलाई बदाई तथा शुभकामना दिदै हाल पत्रकारिता गर्नेहरुले सम्मानित व्यक्तित्व बाट केहि सिक्नु पर्ने बताए।

सम्मान कार्यक्रम शाखा अध्यक्ष राद्येश्याम खतिवडाले सम्पूर्ण पुर्व अध्यक्षहरुलाई बदाई दिदै आउदो दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको भन्दै कार्यक्रमको समापन गरेका थिए।

merokhabarsathi

Read Previous

प्रदेश-२ मा विद्यार्थीको आन्दोलनः प्रहरीको गाडीमा आगजनी

Read Next

एतिहाँसिक पर्यटकीय गन्तव्य भएरपनि माडी क्षेत्र ओझेलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *