चितवन निवासी मिस्टर नेपाल वर्ल्ड श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक

चितवन निवासी मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्पराज श्रेष्ठको म्युजिक भिडियो रहेको ‘तिमीले भन्दा धेरै’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित अभिनेत्री मिरुना मगर सँग स्क्रिन शेयर गरेका बिकल्पको यो पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बिकल्प र मिरुनाको केमेष्ट्री सुन्दर देखिएको गीतको भिडियोमा उनीहरु एक अर्काको प्रेममा रहेको देखाईएको छ । बिकल्पले यो आफ्नो पहिलो प्रायस भएकोले सबैबाट साथ र मायाको अपेक्षा रहेको बताएका छन् ।

अम्बिका गुरुङको शब्द तथा निल गुरुङको संगीत रहेको उक्त गीतमा प्रराज पौडेलको आवाज रहेको छ। गीतमा सुमन केसीको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । उत्सव दाहाल सिनेमाटोग्राफी रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।

merokhabarsathi

Read Previous

इसुजुको नयाँ गाडी चितवनमा लञ्च

Read Next

भारत पुगेका चितवनका तीन गैँडा अझै ल्याइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *