Breaking News :

इसुजुको नयाँ गाडी चितवनमा लञ्च

इसुजुको नयाँ गाडी चितवनमा लञ्च भएको छ । जापानीज ब्रान्डको इसुजुको चितवनका लागि आधिकारिक बिक्रेता अभियान मोटर्स प्रा लि ले नयाँ मोडलको सिंगल क्याब डी म्याक्स चितवनमा लञ्च गरेको हो ।

आज शनिबार भरतपुरमा अभियान मोटर्सले पत्रकार भेटघाटको आयोजना गरी इसुजुको नयाँ गाडी चितवन लञ्च भएको जानकारी दिदै अभियान मोटर्सका प्रबन्ध निर्देशक बेद प्रसाद आचार्यले सिंगल क्याब डी म्याक्स अहिले सम्मकै आरामदायी गाडी भएको बताएका छन। उनले व्यवसायिक प्रायोजनको लागि यो गाडी निकै राम्रो भएको उनले बताए । आचार्यले व्यवसायीहरुलाई सामान बोक्नका लागि यो गाडी झनै उपयोगी हुने बताएका छन्। २ टन सम्म सामान बोक्ने क्षमता भएको, सिंगल क्याबमा २५ सय सिसी क्षमताको इन्जिन भएको ४४ कि.मि सम्म टायर टेसटिंग गरेर बनेको हुनाले नेपालको पहाडी र कच्ची बाटोको लागि पनि यो गाडी उपयुक्त भएको आचार्यले बताए ।

चितवन पोल्ट्री र केराको राजाधानी भएकोले पोल्ट्रीजन्य सामान र केरा ओसारपसार गर्न यो गाडी उपयुक्त हुने उनको भनाई रहेको छ । गाडीको टेम्प्रेचर कम हुने र भाईब्रेसन पनि कम हुने भएकोले यो गाडी उपयुक्त हुने आचार्यको भनाई रहेको छ ।

यो गाडी सामन बोकेर गाडी चलाउदा पनि चालकलाई आरामदायी हुने गरी डिजाइन गरिएको उनले बताएका छन्।  फेन्सी लुक्स रहेको यो गाडीको बजार मुल्य २४ लाख ९० हजार रहेको छ । कम्पनीले नेपालमा जम्मा २५० वटा गाडी पठाएको र यो २५० वटा गाडी मात्र २४ लाख ९० हजारमा बिक्री गरिने र अरु गाडी आएपछि यसको मुल्य बढ्ने आचार्यले बताए ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्रीलाई देखेर आफुलाई दया लाग्ने गरेको छ:- उपसभापति विमलेन्द्र निधी

Read Next

चितवन निवासी मिस्टर नेपाल वर्ल्ड श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *