म्याजिक तथा अटोका चालक सहचालकले अपशब्द प्रयोग गरेको सर्वसाधारणको गुनासो

रबिना पौडेल, चितवन।

चितवन जिल्ला भित्र संचालित म्याजिक तथा अटो चालकको मनपरीले यात्रु तथा सर्वसाधरणले हैरानी खेपेका छन् । सार्वजनिक यातायात चढ्ने यात्रुहरु संग म्याजिक तथा अटोका चालक,सहचालकले अपशब्द प्रयोग गर्ने गरेका छन् ।

चालक,सहचालकको अति रुखो र सुन्ने नसकिने शब्दले सर्वसाधारणलाइ यात्रा गर्न समेत असहज हुने गरेको छ । अटो चालकहरुले त झन् मनमानी भाडा असुल्ने देखि यात्रुहरुसंग झर्किफर्की गर्ने गरेको सर्वसाधारणले बताएका छन्। “पढ्दा पढ्दै छोडेर ड्राइभर बन्न आए, यात्रु संग कसरी ब्यबहार गर्ने यिनीहरुलाई कसले सिकाउला ?” एक बृद्द यात्रुले गुनासो गरे, “यिनी हरुलाई ट्राफिक प्रहरीले सभ्य भाषा सिकाइसिएनि हुन्थियो नि ! ” युवा वर्गमा यस्तो प्रवृति रहेको सर्वसाधारणहरुले बताएका छन्। यात्रुहरुको अनुमति बिना गाडीमा एकदमै चर्को आवाजमा गीत बजाउने, आफु अलमलमा परेको समयमा केहि प्रश्न सोध्नु परेमा झर्किफर्की गर्ने गरेको एक सर्वसाधारणको गुनासो छ।

यसै विषयमा यातायात व्यवस्था स्वतन्त्र मजदुर संघका सचिव दिपक सिलवालले पनि सर्वसाधरणको गुनासोमा सहमती जनाउदै आफुहरुले पालना गर्न लगएको नीति नियम पालना नगरेको गुनासो गरेका छन्। आफुहरुले यस विषयमा प्रशिक्षा दिन चालकहरुलाई बोलाउदा चालकहरु उपस्थित नहुने भएपनि आफुहरु संग नै झर्किफर्की गर्ने गरेको बताएका छन्। उनले सरकार पक्षको पनि यस विषयमा कमजोरी रहेको गुनासो गरेका छन्। बिना लाइसेन्स पनि गाडी चलिरहेका छन् भने रुड परमिट नभएका गाडीहरु पनि गुडिरहेका छन् सिलवाल भने। यस विषयमा सरोकार पक्ष तथा ट्राफिक प्रहरीहरुले कडाईका साथ अघि बढेमा आफूहरुले पनि बल्ल केहि एक्सन लिन सक्ने उहाको भनाइ रहेको छ।

merokhabarsathi

Read Previous

उज्ज्वलनगरमा राहिनोकुन्ज पर्यटन मेला हुदै

Read Next

प्रधानमन्त्रीलाई देखेर आफुलाई दया लाग्ने गरेको छ:- उपसभापति विमलेन्द्र निधी

Leave a Reply

Your email address will not be published. Required fields are marked *