अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
राहिनोकुन्ज हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान भन्ने मूल नाराका साथ राहिनोकुन्ज पर्यटन मेला-२०७५ संचालन हुन गइरहेको छ।
पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यका साथ भरतपुर महानगरपालिका वडा न. १३ उज्ज्वलनगरमा मेला हुन लागेको हो। अनुमानित १ लाख दर्शकले अवलोकन गर्ने आशा गरिएको मेलामा १०० वटा भन्दा बढी स्टलहरु रहनेछ्न भने मेलामा स्थानीय संगै रास्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने मेलाका संयोजक प्रकाश दवाडीले जानकारी दिनुभयो।
मेलामा दैनिक उपभोग्य सामान, कृषि उत्पादन, इलेक्ट्रोनिक समान, हस्तकलाबाट उत्पादित सामग्री, पर्यटन शिक्षा, लघु उद्दोग बाट उत्पादित सामाग्रीहरु देख्न सकिने संयोजक दवाडीले बताउनुभएको छ।
मेलामा आउने दर्शकहरुले ऐतिहासिक तथा धार्मिक स्थलहरुको अवलोकन गर्नुका साथै जीप सफारी हाती सयर गर्दै जंगली जनावरको अवलोकन तालमा डुंगा सयर विभिन्न जातजातिका कला सस्कृति हेर्नुको साथै स्थानीय परिकाको स्वाद समेत लिन पाउने छन। भने महोत्सवमा विभिन्न खेलकुद कार्यक्रम संगै दैनिक योगाको समेत व्यवस्था गरिएको छ।
पेनगुइन एजुकेशन मुख्य प्रयोजन रहने सो मेला चैतको ३० गते बाट सुरु भइ बैशाखको २ गते सम्म संचालन हुनेछ।