नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखेर आफुलाई ओलि प्रति दया लाग्ने गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधीले प्रधानमन्त्री ओलीले कांग्रेसप्रति गरेको टिपप्णी आत्मरतीमा रमाउने र टिप्पणी गर्न लायक नभएको प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु आफूलाई दया लाग्नु बाहेक अरु केही भन्न आवश्यक नरहेको बताउनुभएको हो ।
ईतिहाँस पल्टाएर हेर्दा अडिटबादी फर्मुला लगाएर सबै कम्युनिष्टहरु राजाको आश्रयमा बसेको प्रष्ट देखिने निधिको भनाइ रहेको छ । अहिलेको संविधानले कम्युनिष्ट विचारधारालाई नचिन्ने भन्दैं उपसभापति निधीले देशमा कम्युनिष्ट सत्ता आउन नसक्ने ठोकुवा गरेका छन्।