विश्व शान्तिका लागि ‘कती सुन्दर फुल’ (भिडियो सहित)

‘कती सुन्दर फुल’ बोलको गीतमा विश्व शान्तिको कामना गरिएको गीतका रचनाकार एवं संगीतकार चन्द्रज्योती ढुंगानाले बताएका छन् । आज चितवनको नारायणगढमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ‘कती सुन्दर फुल’ बोलको गीतले शान्तिको सन्देश बोकेको बताएका छन् । नेपालमा नै पछील्लो समय शान्ति सुरक्षा खलबलिएको , हत्या हिशां,बालात्कारको घटना बढीरहेको अवस्थामा गीतले शान्तिको कामना गरेको छ – उनले भने ।

बुद्दको देशमा निर्मला पन्त र उनी जस्तै कयौंले न्याय नपाउनु लज्जाको बिषय भएको बताउदै गीतको माध्यमबाट न्यायको माग गरिएको उनको भनाई रहेको छ । यस्तै ढुंगानाले पछील्लो समय राष्ट्रिय गीतहरु बन्न छोडेको अवस्थामा पनि आफुले यो गीत बनाएको बताएका छन् ।

गीतको भिडियोमा अभिनय गरेका कलाकार दिनेश कुँवरले राष्ट्रिय भाव बोकेको गीतमा काम गर्न पाउदा आफुलाई निकै भाग्यमानी महसुस भएको बताएका छन् । उनले गीतको भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको र मेहनतको फल पनि राम्रै पाईरहेको बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले देशमा न्याय हराएको बेला यो गीतले सबैमा सकारात्मक सन्देश दिने विश्वास ब्यक्त गरेका छन् । उनले यो गीत सिङगो राष्ट्रकै गीत भएको बताएका छन् । गीत सुन्दा आफु भावुक भएको भन्दै ढकालले गीत सबै नेपालीको मनमा बस्न सफल होस् भन्ने शुभकामना दिएका छन् ।

केही दिन अघी मात्र काठमाडौंमा बिमोचन गरिएको गीत पुरुष र महिला गरी २ वटा भर्जनमा रहेको छ । पुरुष भर्जनको गीतलाई चर्चित गायक नरेन्द्र प्यासीले गाएका छन् महिला भर्जनमा शीला बिष्टको आवाज रहेको छ । । गीतको दुई वटा छुट्टा छुट्टै भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

पुरुष आवाजमा रहेको गीतको भिडियोमा दिनेश कुँवर र सोनी ढुंगानाको अभिनय रहेको छ भने महिला आवाजमा रहेको गीतमा रजनी केसीको अभिनय रहेको छ । गीतमा शब्द संगीत चन्द्रज्योती ढुंगानाको रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोलाई रचनाकार एवं संगीतकार ढुंगानाले नै निर्देशन गरेका हुन् । रवि कोइरालाले खिचेको भिडियोलाई शाहिल खानले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

merokhabarsathi

Read Previous

मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम

Read Next

उज्ज्वलनगरमा राहिनोकुन्ज पर्यटन मेला हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *