मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम

क्रियाशील पत्रकार महिलाले आज भरतपुरमा  मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल र कृष्ण गिरिले पछिल्लो समयमा पत्रकारिता गर्ने महिलाहरु बढ्दो रहेको बताउनु भएकोछ  सदस्य अर्यालले सामाजिक र लैंगिक विभेदका कारण पनि महिलाई पत्रकारिता गर्न गाह्रो हुने गरेको बताएका छन्  भने सदस्य गिरीले नया पत्रकारिता सुरुवात गर्न लागेकाहरुलाई आफ्नो कमजोरीलाई सुधारेर अघि वढ्न आग्रह गर्नु भयो।

कार्यक्रमका अतिथि पत्रकार महासंघ चितवनका अध्यक्षले पत्रकारितामा अघि बढ्न आग्रह गर्दै पत्रकारिता सिक्ने बिषय भएकोले सिक्दै अघि बढ्न आग्रह गर्नुभयो। साथै पत्रकारितालाई केही महिना अंगाल्ने र छोड्ने नगर्न आग्रह गर्दै पत्रकारिता सिक्ने,टिक्ने साथै आफ्नो समाचार बिक्ने खालको हुनुपर्छ अध्यक्ष खतिवडाले भन्नुभयो ।

पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारीले गरेको संघर्षको कथा सुनाउदै अगाडी बढ्न अभिप्रेरणा दिनुभयो। र पत्रकारिता चुनौतिपूर्ण विषय भएकोले आफुमा पनि  पत्रकारिता गर्छु भनेर  समाजमा भएका चुनौती संग लढ़छु भन्ने आत्मविश्वास हुनुपर्छ उहाँले भन्नुभयो।

प्रेस चौतारी चितवनका अध्यक्ष तिर्थ नेपालले महिलाले गर्न नसक्ने केहि छैन आफुमा भएको क्षमतालाई बढाएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले अरुलाई दाइ दिदीभन्दै होइन आफै सक्षम भएर अघि जानुपर्नेमा जोड दिनुभयो।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले पछिल्लो समय महिलाको इतिहास उर्जामय रहेको बताउनुभएको छ। महिलाको क्षमताको सम्मान र मुल्यांकन गर्नुपर्ने ढकालले बताउनुभयो ।

महिला पत्रकारहरुकै अर्को संस्था संचारीका समुहकि अध्यक्ष अजिता अधिकारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाहरु बढ्दै गएपनि विवाह पछी टिक्न गार्हो भएको बताउनुभएको छ। घरगृहस्ती संगै पत्रकारिता गर्ने महिलाहरु कम भएको देखिएको बताउनुभएको छ। साथै उहाँले दिगो पत्रकारिता गर्न आग्रह गर्नुभएको छ।

कार्यक्रमको अध्यक्ष अर्थात् आयोजक संस्था क्रियाशील महिला पत्रकारकि अध्यक्ष प्रमिता ढकालले विगत देखि हाल सम्मका महिला पत्रकारको इतिहासलाइ सुनाउदै पत्रकारिता को विगतको इतिहास भन्दा अहिले महिला पत्रकारहरु बढ्दै गएको बताएका छन्।

प्रमिता ढकाल लो अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम स्वागत मन्तव्य क्रियाशील महिला पत्रकारकि कोषाध्यक्ष शोभा पुडासैनी राख्नुभएको थियो।भने कार्यक्रमको संचालन क्रियाशील महिला पत्रकारकि सदस्य सविता अधिकारीले गर्नु भएको थियो।

merokhabarsathi

Read Previous

विप्लव नेतृत्वको दुई जिल्ला नेता पक्राउ

Read Next

विश्व शान्तिका लागि ‘कती सुन्दर फुल’ (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *