Breaking News :

विप्लव नेतृत्वको दुई जिल्ला नेता पक्राउ

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको दुई जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

देवचुली २ बाट नवलपुर जिल्लाका जनपरिषद उपप्रमुख दीपककुमार घर्ती सोमै (सम्राट) र नेकपाका जिल्ला सदस्य पारस गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमैलाई उनकै घरबाट र गौतमलाई देवचुली २, चौधरी उद्योग अगाडिबाट पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

merokhabarsathi

Read Previous

चितवन ग्रीन लायन्सको अध्यक्षमा सापकोटा

Read Next

मिडियामा महिला सहभागिता चुनौती र सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *