Breaking News :

बिक्रम बाबा मेला चैत्र २२ गतेबाट

चितवन राष्ट्रिय निकुञ्जमा लाग्ने एक मात्र मेला विक्रम बाबा मेला शुरू हुने भएको छ । चैते दशैंको अवसरमा हरेक वर्ष लाग्ने विक्रम बाबा मेला यहि चैत्र २२ गते देखि सुरु हुने भएको हो ।

बिक्रम बाबा परापुर्व काल देखि थारु जाति पुजा गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको साथै पूजा गर्न देशभर बाट हजारौ भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।पछिल्लो समयमा छिमेकी मुलुक भारतबाट समेत बिक्रम बाबा दर्शनका लागि भक्तजन आउने गरेको छन् ।

बिश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज भित्रका आकर्षक पर्यटकीय स्थल तथा बन्यजन्तुहरुको अवलोकन गर्न समेत सकिने हुँदा मेला भर्न आउनेहरुको संख्या बढ्दै गइरहेको छ । विक्रम बाबा मेला १५ दिन सम्म चल्ने छ ।

merokhabarsathi

Read Previous

चैत १६ गतेलाई विप्लव समुहले गरको बन्द फिर्ता (विज्ञप्ति सहित)

Read Next

चितवन ग्रीन लायन्सको अध्यक्षमा सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *