बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा आज साझ गोली चल्दा एकजनाको मृत्यु भएको छ।
गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो।खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे। प्रहरीका अनुसार उनको छातिमा गोली लागेको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।