चितवनमा विप्लव समूहका सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले चितवनमा विप्लव समूहका सात जना नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।

नेत्र विप्लव चन्द समूहको गतिविधिमा सरकारले प्रतिबन्ध घोषणा गरेपछी उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये छ जना बिरुद्ध मुद्धा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । चार जनालाई एक हप्ता अघि नियन्त्रणमा लिइएको हो भने दुई जनालाई हिजो र एक जनालाई आज नियन्त्रणमा लिइएको राठौरले बताउनुभयो ।

पक्राउ पर्नेमा राजकुमार तिमिल्सिना, गुणराज श्रेष्ठ, विक्रम न्यौपाने, विरबहादुर तामाङ, जयबहादुर कुंवर र मित्र केसी रहेका छन् । कुंवर र केसीलाई प्रहरीले हिजो पक्राउ गरेको हो । भने आज पक्राउ गरिएका थप एक जना माथि अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।

तिमिल्सिना जिल्ला सचिवालय सदस्य, न्यौपाने अखिल (क्रान्तिकारी) विरेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष, श्रेष्ठ राप्ती नगरपालिका जनसरकार प्रमुख, केसी विप्लव निकट यातायात व्यवसायी संघ चितवन अध्यक्ष र कुंवर चितवन क्षेत्र नम्वर १ इलाका इन्चार्ज हुन् । उनीहरुबिरुद्ध संगठित अपराध, बम बिस्फोट र आगजनी जस्ता गम्भीर प्रकृतिका मुद्धा चलाइएको राठौरले बताउनुभयो ।

 

merokhabarsathi

Read Previous

चितवनका अग्निपीडित चेपाङ परिवारलाई राहत

Read Next

बुटवलमा गोली चल्दा एकजनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *