Breaking News :

चितवनका अग्निपीडित चेपाङ परिवारलाई राहत

चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ । चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महीनाका छोरा शिव प्रजाको मृत्यु भएको थियो भने उनको घर आगलागीले जलेर नष्ट भएको थियो । यस्तै रामकृष्ण प्रजा र दीपक चेपाङको घर जलेर नष्ट भएको थियो ।

जिल्ला विपत् व्यवस्थापन समितिको तर्फबाट मानवीय क्षति भएको परिवारलाई रु एक लाख १० हजार, इच्छाकामना गाउँपालिकाले रु ३५ हजार, प्रदेशसभा सदस्य घनश्याम दाहालले रु पाँच हजार, वडाध्यक्ष पञ्चबहादुर प्रजाका तर्फबाट रु दुई हजार सहयोग गरिएको छ ।

यस्तै आगलागीबाट क्षति भएका अन्य दुई परिवारलाई प्रशासन, गाउँपालिका, सांसद र वडाध्यक्षले रु २७/२७ हजार आर्थिक सहयोग गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा अग्निपीडित चेपाङ परिवारलाई नगदसहित खाद्यान्न र लत्ताकपडा पनि वितरण गरिएको थियो । तत्कालका लागि सहयोग गरिएको र घर निर्माणका लागि पनि सहयोग जुटाइने बस्नेतले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, इच्छाकामना गाउँपालिका प्रमख गीता गुरुङ, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर लगायतको सहभागिता रहेको थियो । रासस

merokhabarsathi

Read Previous

भरतपुरमा पच्चीस करोड लगानीमा फनपार्क,वैशाखबाट संचालनमा आउने

Read Next

चितवनमा विप्लव समूहका सात जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *