हिन्दू धर्मका जगतगुरु विभुषित महायोगी सिद्धबाबा १००८ डाक्टर वैष्णव कृष्णदास महाराजलाई आज चितवनमा अभिनन्दन गरिएको छ ।महायोगि शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान चितवनले आज उनलाई नागरिक अभिन्नदन गरेको हो ।
रामानन्दचार्य पदबाट विभुषित भएको सन्दर्भमा श्री १००८ डाक्टर श्री वैष्णव कृष्णदासजी महाराजको अभिनन्दन गरिएको आयोजकले बताएको छ । कार्यक्रममा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा महाराजलाई २१ किलोको माला सहित पुष्पार्पण गरेर अभिनन्दन गरिएको हो । यस्तै कार्यक्रममा महाराजले महायोग साधनाबाट जनजनलाई स्वस्थ रहने अभियान चलाउनका साथै नेपालमै पहिलो पटक ब्रम्हतारक महायज्ञ सञ्चालन गरेर महान कार्य गरेको बताइएको छ ।
कार्यक्रममा जगतगुरुको भक्त सामाजिक प्रेमी, राजनीति प्रेमी धार्मिक व्यक्तित्व लगाएतको उपस्थिति रहेको थियो।
फोटो फिचर