भरतपुर महानगरपालिकाद्वारा निर्माण सामग्रीको गुणस्तर परीक्षण सुरु

भरतपुर महानगरपालिकाले निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु गरेको छ । यसअघि महानगरभित्र बनेका सडक, भौतिक पूर्वाधार एवं निर्माण सामग्रीको परीक्षण गर्न सडक डिभिजन कार्यालय भरतपुर र काठमाडौँ पठाउनुपर्ने हुन्थ्यो ।

परीक्षण ल्याब (प्रयोगशाला) को निर्माण भरतपुर महानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार रु १० लाखको लागतमा गरिएको महानगरका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

परीक्षण ल्याब (प्रयोगशाला) मा परीक्षण गरेर मात्र महानगरभित्र भौतिक निर्माणका काम गर्नुपर्ने भएकाले अब बन्ने संरचनाको गुणस्तरमा वृद्धि हुने उनको भनाइ छ । ल्याबमा सडक निर्माणपछि त्यसको गुणस्तर र निर्माण पूर्व गिट्टी, बालुवा, छडको गुणस्तर र आकार परीक्षण गर्न सकिन्छ ।

ल्याब उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले विकास निर्माणका कामलाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन महानगरले आफ्नै प्रयोगशाला निर्माण गरेको बताए । विकास र गुणस्तरलाई सँगसँगै लैजान महानगरले यसको आवश्यकता महसुस गरी सञ्चालनमा ल्याएको उनको भनाइ छ । रासस

merokhabarsathi

Read Previous

प्रसूतिका लागि नेपालकै दोस्रो ठूलो बन्यो भरतपुर अस्पताल, वार्षिक १६ हजार बढीले लिए सुत्केरी सेवा

Read Next

हिन्दू धर्मका जगतगुरु विभुषित महायोगी सिद्धबाबालाई आज चितवनमा अभिनन्दन (फोटो फिचर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *