रबिना पौडेल, चितवन।
पुर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले आज सम्म मेरो मुखमा एक थोपा रक्सी पनि परेको छैन भनेका छन् ।
हिन्दू धर्मका जगतगुरु विभुषित महायोगी सिद्धबाबा १००८ डाक्टर वैश्णव कृष्णदास महाराजलाई अभिनन्दन गरिएको कार्यक्रममा प्रमुख अतिथि बनेर चितवन आएका नेपालले कार्यक्रममा बोल्दै आफू उच्च व्राम्हण परिवारमा जन्मिएकोले त्यो अझैसम्म परिवारमा नचल्ने भएको मेरो मुखमा एक थोपा रक्सी पनि परेको छैन भनेका हुन् ।होली वाइनबारेमा उनको अगाडि दर्शकदीर्घाबाट प्रश्न उठेपछि उनले सम्बोधनको क्रममा यस्तो भनेका हुन् । उनले भने, ‘ कागले कान लग्यो भन्दैमा त्यसको पछिपछि लाग्ने, बाहिरी प्रचारको पछिपछि लाग्दा विभिन्न समाचारले म अचम्मित परेको छु ।’
उनले कार्यक्रममा गल्ती गरे पो डराइन्छ नत्र किन डराउनु न बिराउनु नडराउनु भनेका छन् । फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडा नै संसार जसले आफु जस्तो छ त्यस्तै देख्छ नेता नेपालले भने।