Breaking News :

यस वर्ष प्राकृतिक कारणले ३९ गैँडा मरे,उच्च सङख्यामा गैंँडा मरेको हालसम्मकै पहिलो

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले चालु आर्थिक वर्षमा ३९ गैँडा मरेका छन् । प्राकृतिक कारणले एकै वर्षमा यति धेरै गैंँडा मरेको हालसम्मकै यो पहिलो हो ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । विसं २०५८ मा एकैवर्ष ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए । त्यसपछिका वर्षमा चोरी शिकार क्रमशः घट्दै गएर नियन्त्रणमा आएको थियो ।

यसवर्ष प्राकृतिक कारणले हालसम्मकै धेरै गैँडा मरेपछि संरक्षणका क्षेत्रमा चासो र चिन्ता बढेको छ । वर्षेनी ठूलो सङ्ख्यामा प्राकृतिक कारणबाट गैँडाको मर्ने क्रम बढेसँगै संरक्षणका लागि सरकार र दातृ निकायको ध्यान जानु आवश्यक छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार हालसम्मकै धेरै गैँडा प्राकृतिक कारणले मरेपछि यसको कारणको खोजी भइरहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुँधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बुढो भएर कालगतिबाट मर्ने गरेका छन् ।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितरवितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउनुहुन्छ ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यसअघि चोरी शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् ।

पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय भएको छैन ।रासस

merokhabarsathi

Read Previous

काँग्रेसमा गुट हुनु स्वाभाविक होः डा शेखर कोइराला

Read Next

चितवनको माडीमा सामूहिक खेती गरिने,किसानसँग मन्त्री लामाले गरे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *