चितवनमा होटलको सेफ्टीट्याङकीमा खसेर एक गैडा मरेको छ । करिब २० बर्षको पोथी गैडा विहान साढे चार बजे चितवन राष्ट्रिय निकुन्जबाट राप्ती किनारमा निस्किएको गैडा भरतपुर महानगरपालिका २३ मा रहेको होटल टाईगर ल्याण्डको सेफटीट्याङकीमा खसेर मरेको हो ।
सेफ्टीट्याङकी माथिल्लो भाग कमजोर भएका कारण खसेर गैडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले जानकारी दिनुभयो । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको ढकालले बताउनुभयो । गैडाको चितवन राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले पोष्टमाटम गरिसकेको छ ।