Breaking News :

आज देखि एसइई परीक्षा सुरू,४ लाख ७५ हजार विद्यार्थी सहभागी

file photo

यस वर्षको एसइई परीक्षा आजदेखि सुरू भएको छ । परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सहभागी हुने छन्। संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा हुन लागेको हो ।

आज बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको जाँच हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएकाछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन्  ।

merokhabarsathi

Read Previous

चितवनको रामनगरमा लखन पार्क निर्माण गरिने

Read Next

चितवनमा होटलको सेफ्टीट्याङकीमा खसेर एक गैडा मर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *