Breaking News :

ग्रीणल्याण्ड युवा क्लबको नगर स्तरीय भलिबल प्रतियोगिता हिजो देखि सुरु

हिमाल भण्डारी, चितवन।

फागु अर्थात होली पर्वको अवसरमा ग्रीणल्याण्ड युवा क्लब माडी-९ को आयोजनामा नगर स्तरीय भलिबल प्रतियोगिता हिजो देखि सुरुभएको छ।

कृष्णनगर माविको प्राङ्गणमा भैरहेको उक्त खेल माडी नगरपालिका का मेयर ठाकुर ढकालले उदघाटन गर्नुभएको थियो। माडिलाइ खेलकुद द्वारा युवाहरुलाई एकजुट गर्दै विकास कार्यमा अगाडि बढाउने मुख्य उदेश्य का साथ आयोजना गरिएको कार्यक्रमका संयोजक नारन अर्याल ले जानकारी दिनुभयो। हिजो र आज गरि २ दिन सम्म आयोजना हुने सो खेल मा माडी नगरपालिका भरिका दस टिम को उपस्थित रहेको छ।

प्रतियोगिताका प्रथम, द्दितिय पुरस्कार क्रममा दस हजार र पाच हजार पचास रुपैया, प्रमाण पत्र,सिल्ड र मेडल प्रदान गरिने आयोजक ले बताएको छ।

merokhabarsathi

Read Previous

चितवनको नारायणीमा होलिको देखियो यस्तो क्रेज (फोटो फिचरमा)

Read Next

गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो:-महामन्त्री कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *