अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
हिमाल भण्डारी, चितवन। आज बुधवार विश्व मुख दिबस को अवसरमा भरतपुर मा र्याली निकालिएको छ ।
आ गरौ मुख स्वास्थ मा ध्यान दिउ” भन्ने मुल नारा का साथ जिल्ला जनस्वास्थ्य चितवन को मुख्य आयोजनामा आज भरतपुर मा र्याली निकालिएको हो। मुख बाट मर्करी शरीर मा प्रवेश गरि मानसिक समस्या बढाउने देखि विभिन्न स्वास्थ समस्या लाई निर्मुल पार्न आज यो कार्यक्रम को आयोजना गरियको आयोजकले बताएका छन्।
सामाजिक सस्था युथ हेल्पींगको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रमको र्यालीमा सप्तगण्डकी क्याम्पस, बालकुमारी क्याम्पस, पुरानो मेडिकल कलेज,स्कुल अफ हेल्थ साइन्स का विद्यार्थीहरुको सहभागीता रहेको थियो।
र्याली गेस्ट हाउस चौर जिप्रका बाट सुरु भयर क्याम्प चौर मा गयर कोण सभा मा समाप्त भयको थियो।