Breaking News :

चितवनमा आइल्याण्डमा रंग लगाएर होलि मनाए

चितवनमा सक्रिय रहदै आएको सामाजिक सस्था वे ग्रुप र बेटर चितवनले आइल्याण्डमा रंग लगाएर होलि मनाएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत भरतपुर महानगरपालिका–१० स्थित चौविसकोठीमा निकै आकर्षक आइल्याण्ड रहेको छ । दश वर्ष अघि निर्माण गरिएको आकर्षक आइल्याण्डका अवस्था अहिले भने दयनिय बन्दै गएको थियो । नियमित सरसफाई र रेखदेख नहुँदा कुरूप बन्दै गएको आईल्याण्डलाई मध्यनजर गर्दै संघसंस्थाहरुले पुरानै अवस्थामा फर्काउनका लागि होलि को दिनमा रंगको सदुपयोग गरौ भनेर आइल्याण्डमा सरसफाई गरि रंगलागएको बेटर चितवनका संयोजक सागर कार्कीले बताए।

युवा विद्यार्थीहरुको संस्था बेटर चितवनले आइल्याण्डभित्र विरुवा रोप्नुको साथै विदाको समय मिलाएर सरसफाई गर्दै आईरहेको थियो । आज बुधबार भने रगंरोगन गर्न सरसफाई अभियानमा खटिदै आएको वे ग्रुपले समेत साथ दिएको थियो ।

“आइल्याण्डको अवस्था नराम्रो भएपछि हामीले पनि सरसफाईमा लाग्यौं, सम्बन्धित निकायलाई झकझकाउने हाम्रो प्रयास हो”–वे ग्रुपका संयोजक भोजनारायण कँडेलले भने ।

कार्यक्रममा आइल्याण्डमा रंगरोगन गरिनुको साथै चौबिसकोठीको वरपर सरसफाई गरि विरुवाहरु पनि रोपिएको थियो।

merokhabarsathi

Read Previous

गौरवका आयोजनाका काम प्रभावकारी बनाउन निरन्तर अनुगमन र खवरदारी गरिरहेको छौ:- सभापति रावल

Read Next

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको दुर्घटनामा मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *