Breaking News :

हिमाल युवा क्लबको आयोजनामा तेस्रो वातावरण मैत्री राइनो कप हुने

भरतपुर-६ गीतानगर मा हिमाल युवा क्लबको आयोजनामा तेस्रो वातावरण मैत्री राइनो कप भलिबल प्रतियोगिता–२०७५’संचालन हुने भएको छ ।

चैत ६ देखि ९ गते सम्म हुने सो भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार तथा दोस्रो हुने टिमले २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ११ हजार रुपैयाँ सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई २/२ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको कुरा सो क्लबका अध्यक्ष केशब देवकोटाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उदघाटन भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहाल द्वारा गरिने आयोजकले बताएको छ।

merokhabarsathi

Read Previous

त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु ४ जना घाईते

Read Next

चितवनमा होलीको रौनक (फोटो फिचर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *