त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु ४ जना घाईते

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

आज विहान ७ः१५ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक सडकबाट करिव ६०/७० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको हो । उनको सनाखत भएको छैन् ।

यस्तै घाईते चार जनाको उद्धार गरी भरतपुर ल्याईएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । उनीहरु सबैको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

हिमालको लुलु गाई चितवनको तापक्रममा घुलमिल

Read Next

हिमाल युवा क्लबको आयोजनामा तेस्रो वातावरण मैत्री राइनो कप हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *