अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
बोलेरो गाडीको ठक्करबाट चितवनको रत्ननगरमा एक जना किशोरको ज्यान गएपछि स्थानीयवासीले अवरुद्ध गरेका पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ ।
प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरी बलपूर्वक राजमार्ग खुलाएको प्रहरी कार्यालय टाँडीले जानकारी दिएकोछ । अश्रुग्यास प्रहारपछि सडकमा धर्ना दिएर बसेका झण्डै तीन सय प्रदर्शनकारी तितरबितर भएको प्रहरीले जनाएको छ ।
रत्ननगर नगरपालिका–१० स्थित निपनी चोकमा बोलेरोको ठक्करबाट स्थानीय कैलाश टोलका पैदलयात्रु १३ वर्षीय वसन्त थापाको मृत्यु भएको थियो । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको बोलेरो गाडीले किशोरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका थापाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।