भरतपुर-१० चितवनमा रहेको सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको अध्यक्षमा चन्द्रप्रकाश उपाध्याय चयन भएका छन् । आज भएको भेलाले उनको नेतृत्वमा १९ जना सदस्यको कार्यसमिति चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा असल गैरे, उपाध्यक्षमा सुदिप दवाडी, सचिवमा सबिना लामिछाने, कोषाध्यक्षमा कल्पना अधिकारी, सहसचिवमा विकास ढकाल चयन भएका छन्।
यस्तै सदस्यहरुमा सुरक्षा न्यौपाने, नविन कोइराला, सुमित आचार्य, प्रतिक्षा मिश्र, संगिता खत्री, अनिता मगर, कुमार विक, विकास रसाइली, रविना पौडेल, अस्मिता घिमिरे, सीमा मगर, अशोक अर्याल, विकल ढकाल ,दिनेश रम्तेल रहेका छन् । साथै सल्लाहकार सदस्यमा शिक्षकका तर्फबाट कलेजका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी र विधार्थीको तर्फबाट श्याम विश्वकर्मा, विवेक पोखरेल र गोविन्द न्यौपाने रहेका छन् ।क्लबको संरक्षकको भूमिकामा क्याम्पस प्रमुख मणिराज महतो, साहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, विष्णु ज्ञवाली र नारायण रेग्मी रहेका छन् ।