Breaking News :

बोलपत्र भएको एक वर्षपछि चितवन माडीका नौ पुलको निर्माण कार्य शुरु

बोलपत्र भएको एक वर्षपछि चितवन माडीका नौ पुलको निर्माण कार्य शुरु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नभएको भन्दै रोक लगाएपछि निर्माण कार्य अलपत्र परेको थियो । एक साताअघि मात्र इआइएको काम टुङ्गिएपछि पुल निर्माणको काम शुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । “बोलपत्र भएको एक वर्षपछि नौ खोलामा पुल निर्माण शुरु भएको छ”, उहाँले भन्नुभयो”, अन्य तीन पुलको पनि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आइसकेको छ ।”

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने रिउ, बगर्ई, घाँघर, तुनामुना, परवी, पतरे, रिमाल, बाँदरमुढे र मुगई खोलमा पुल निर्माणका लागि बोलपत्र भएको हो । यस्तै भालु, रतनी र चितही खोलाको पुल निर्माणका लागि एक हप्ताभित्र बोलपत्र आह्वान हुने प्रमुख ढकालले बताउनुभयो । माडीका १२ वटा पुल निर्माणका लागि करीब रु ८२ करोड लागत लाग्ने उहाँले बताउनुभयो ।
घाँघर र रिमाल खोलमा पुल निर्माणको काम शुरु भइसकेको छ भने अन्य खोलामा तत्काल काम शुरु हुने हुलाकी राजमार्गअन्तर्गतको योजना कार्यालय वीरगञ्जका निमित्त योजना प्रमुख श्यामनारायण मिश्रले जानकारी दिनुभयो ।-रासस

merokhabarsathi

Read Previous

एसइइको परीक्षामा प्रदेश अनुसार फरक-फरक प्रश्न सोधिने

Read Next

चीनबाट गाईको सट्टामा भ्रूण ल्याउन बिज्ञको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *