अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
राष्ट्रपति विधादेवी भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ।
राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्कनु भएको हो। रास्ट्रपति भण्डारी आइतबार न्यूयोर्क प्रस्थान गर्नु भएको थियो।राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरु लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिकाको न्यूयोर्कबाट स्वदेश फर्कने कार्यतालिका थियो । राष्ट्रपतिकाे स्वागतका लागि विशिष्ट व्यक्ति विमानस्थल पुगिसकेका थिए ।राष्ट्रपतिको स्वागतका लागि सबै तयारी पूरा भइसकेको थियो । विमानस्थलमा राष्ट्रपति हिँड्नका लगि ‘रेड कार्पेट’ ओछ्याइएको थियो ।
राष्ट्रपति आउने भनेपछि सञ्चारकर्मीहरु पनि समयमै पुगिसकेका थिए ।रेड कार्पेटमा राष्ट्रपति हिँडेको फोटो खिच्न पुगेका फोटो पत्रकार तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीकै अगाडि ‘रेड कार्पेट’ हुँदै एउटा सर्प निस्कियो । सर्प देखेपछि सबै आत्तिए त काेही फाटो खिच्न थाले । धेरै मान्छे र होहल्लाबाट सर्प डराएर नजिकैको झाडीमा पस्यो। त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भयो ।