Breaking News :

पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा आज जानकी मन्दिरमा पूजा अर्चना

पूर्वराजा ज्ञानेन्द्र शाहले आज जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ।

केही दिनदेखि प्रदेश २ का विभिन्न मठमन्दिरको दर्शन गर्दै हिँडेका शाहले आज शुक्रबार अपराह्न जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको हो। पुजापछि शाहले सञ्चारकर्मीलाई छाटो प्रतिक्रिया दिदै सबैको भलो होस्, शान्ति होस, प्रगति होस् भनेर कामना गरेको बताउनुभयो ।

मधेसका मानिसहरुमा कस्तो धारणा पाउनुभयो भन्ने प्रश्नमा उनले ‘मधेस होइन, हामी पहिलादेखि नै तराई भन्दै आएका छौं । यो नेपालको भूभाग हो’ भन्नुभयो ।

merokhabarsathi

Read Previous

चितवनको भरतपुरमा रहेको ‘राइनो ताल’ मा काठे डुङ्गा सञ्चालन

Read Next

राष्ट्रपतिलाई हिड्न ओछ्याएको रेड कार्पेटमा सर्प (फोटो फिचर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *