Breaking News :

ठोरीमा आँखा उपचार केन्द्र उद्घाटन

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल आँखा उपचार केन्द्र ठोरीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

पर्सा जिल्लाको ठोरीको गौतमनगरमा रहेको आँखा उपचार केन्द्रमा निर्माण गरिएको अन्तरङ्ग र शल्यक्रिया भवन एवं कर्मचारी आवास भवनको उद्घाटन गरिएको हो ।अन्तरङ्ग र शल्यक्रिया भवनको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के र सेवा क्यानडा तथा सेवा फाउण्डेशनका सञ्चालक सदस्य डा मार्टिन स्पेन्सरले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

त्यसैगरी कर्मचारी आवास भवनको सङ्घका केन्द्रीय कोषाध्यक्ष मास्के र ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे। रासस

merokhabarsathi

Read Previous

देवघाटमा देशकै पहिलो पूर्वीय दर्शन अध्ययन केन्द्र बन्ने, केन्द्रमा एक करोड बढीका पुस्तक राखिने

Read Next

भरतपुरमा प्रहरी विद्यालय खुल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *