Breaking News :

शहिदचोक र लायन्सचोकको बीचमा भेटिएको बमजस्तै देखिने शंकास्पद बस्तु बम नभएको पुष्टी

भरतपुर महानगरपालिकाको नारायणगढस्थित शहिदचोक र लायन्सचोकको बीचमा बमजस्तै देखिने शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ ।

नारायणगढको कृषि विकास बैँक अगाडि फुटपाथको चौतारामा शंकास्पद बस्तु भएटिएको थियो । उक्त बस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउसो करिव पौने तिन बजे २ जना अज्ञात ब्यक्तीहरुले प्लास्टिकले बेरिएको एउटा बट्ट छोडेर गएका थिए । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक युवराज तिमिल्सिनाको कमाण्डमा प्रहरी टोली शंकास्पद बस्तु भएको स्थानमा पुगेको थियो ।

शंकास्पद बस्तु निष्कृय पार्न घटना स्थलमा पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद बस्तु बम नभएको पुष्टी भएको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

शहिदचोक र लायन्सचोकको बीचमा बमजस्तै देखिने शंकास्पद वस्तु भेटियो

Read Next

विष्फोटमा संलग्न भएको आशङ्कामा चितवनमा विप्लवका दुई कार्यकर्ता पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *