भरतपुर महानगरपालिकाको नारायणगढस्थित शहिदचोक र लायन्सचोकको बीचमा बमजस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ ।
कृषि विकास बैँक अगाडि फुटपाथको चौतारामा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रामप्रसाद गौतमले जानकारी दिएका छन् । गौतमले रंगको बट्टालाई सेतो प्लाष्टिकले बेरेर चौतारोमा राखिएको बताए । बाटोमा भेटेपछि स्थानीय रिक्सा चालकले चौतारोमा राखिदिएको प्रहरी निरीक्षक गौतमले बताए ।
शंकास्पद वस्तु देखेपछि बाटो हिड्ने मानिस, सो ठाउँमा व्यापार गर्न बसेका व्यापारी र सर्वसाधारण त्रसित भएका छन् ।